Kathmandu Press

तयार भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग

काठमाडौं, जेठ ७: भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार भएको छ। आयोजनाले आज मंगलवारदेखि धावनमार्गको काल....

 तयार भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग

काठमाडौं, जेठ ७: भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार भएको छ। आयोजनाले आज मंगलवारदेखि धावनमार्गको कालोपत्रे गर्ने काम सकिएकाे जानकारी दिएकाे छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार ३ हजार मिटर लामो धावन मार्ग ४ महिना लागएर कालोपत्रे गरिएको हो। अब टर्मिनल भवनको फिनिसिङ र प्राविधिक कामहरु बाँकी रहेको जानकारी उनले दिए ।

धावन मार्ग निर्माणको काम सकिएपछि सामुहिक तस्वीर खिचाउँदै आयोजनाका पदाधिकारीहरू

तीन तहको कालोपत्रे गर्न चिनियाँ ठेकेदार कम्पनीले ४ महिना लगाएको हो। असार ४ गते प्रधानमन्त्री  केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको विमानस्थलको काम भने अझै धेरै बाँकी रहेकोले संचालनमा आउन थप कुर्नुपर्ने छ।

आयोजनाको काम २०७३ साल माघ १ गतेदेखि  सुरु गरिएको थियो। भूकम्प र नाकाकन्दी भन्दै निर्माणको समय दुई वर्ष लम्बिएको छ।

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्