Kathmandu Press

आज सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ १४ : सुनको मूल्य आज फेरि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सात सय रुपैयाँले घटेको हो।आज छापावाल...
आज सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ १४ : सुनको मूल्य आज फेरि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सात सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार एक सय पुगेको छ। मंगलबार प्रतितोला ९२ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजार तीन सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: ११:४६ बजे, बुधबार, माघ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्