Kathmandu Press

तस्बिरमा कोरोनाको पहिलो खोप

आजदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ। काठमाडौंको टेकु अस्पतालमा पनि स्वास्थ्यकर्मीले कोरोनाको खोप लगाएका छन्।
तस्बिरमा कोरोनाको पहिलो खोप
कोरोनाको पहिलो खोप लगाउँदै टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी। तस्बिरहरु : रिवाज राई

काठमाडौं, माघ १४ : आजदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ।

काठमाडौंको टेकु अस्पतालमा पनि स्वास्थ्यकर्मीले कोरोनाको खोप लगाएका छन्।टेकुमा दुई सय जनाले खोप लगाउँदैछन्।

कोरोनाको पहिलो खोप टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन्।

खोप लगाएका व्यक्तिहरुलाई आधा घन्टा अस्पतालमै राखिने भएको छ। उनीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पतालमै राख्ने व्यवस्था गरिएको जनाएको छ।

टेकु अस्पतालका केही दृश्य :

 

प्रकाशित मिति: ११:२० बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्