सरकारले अटेर गरे हेभी इकुमेन्ट सडकमा राखेर अवरोध गर्छौ : निर्माण व्यवसायी
काठमाडौं, जेठ ७ : निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद नियमावली २०७५ को संशोधनमा केही बुदाँ नहटाए सवै निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।&nb....

काठमाडौं, जेठ ७ : निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद नियमावली २०७५ को संशोधनमा केही बुदाँ नहटाए सवै निर्माणको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
सरकारले खरिद नियमावलीको छैटौ संसोधनमा व्यवसायनै धरापमा पार्न खोजेको निर्माण व्यवशासीहरुको आरोप छ।
व्यवसायीहरुले नियमावली मार्फत ठेकेदार कम्पनीलाई मात्रै सजायको भागिदार बनाउन खोजेको समेत आरोप लगाएका छन् । अहिले सरकारले तयार पारेको प्रस्तावमा कुनै पनि ठेक्का लिन नसक्ने अवस्था आउने उनीहरुको धारणा छ।
व्यवसायीहरुले सात दिन भित्र माग सुनुवाइ नभए देशभरका निर्माणको काम ठप्प पार्ने चेतावनी समेत दिएका छन्।
महासंघका महासचिव रोशन दाहालले ७ दिनभित्र संशोधन तथा खारेज नभए व्यवसायीको ईजाजत पत्र सरकारलाई बुझाएर बोलपत्र बहिष्कार गर्ने बताए । ‘हाल सञ्चालनमा रहेका काम रोकी हेभी इकुमेन्टहरु सडकमा राखी अवरोध पार्ने छौ,’ दाहालले भने।
‘सरकारले ल्याउन लागेको नियमावलीमा ७ वटा बुदाँ खारेजी वा संसोधन नभएमा देशभरका काम ठप्प पार्ने छौ,’ महासचिव दाहालले भने । केही ठूला ठेकेदारको स्वर्थमा नियमावली ल्याउन लागिएको भन्दै १५ हजार निर्माण व्यवसायीलाई सरकारले व्यवस्था गर्न खोजेको समेत महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो।
व्यवसायीहरुले काम सम्पन्न गरिसकेको अवस्थामा पनि सरकारी निकायहरुले भुक्तानी रोकेको आरोप लगाउँदै तत्काल भुक्तानी दिन समेत महासंघले माग गरेको छ।











