Kathmandu Press

जमिनको खण्डिकरणले औद्योगिकरण सम्भव छैन : चौधरी

काठमाडौं ७ जेठ : नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने धारणा राखेका छन....

जमिनको खण्डिकरणले औद्योगिकरण सम्भव छैन : चौधरी

काठमाडौं ७ जेठ : नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने धारणा राखेका छन्। 

मंगलबार व्यवस्थापिका संसदमा भूमि सम्वन्धी आठौ संसोधन विधेयकमाथि धारणा राख्दै चौधरीले भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्ने बताए। 

इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवस्यक पर्ने भुमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्न आवस्यक रहेको उनको धारणा थियो । ‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिबृद्धि गरि उत्पादन बृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ’ सांसद चौधरीले भने। 

कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा उत्पादनशिल क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहेका सांसद चौधरीले भने, ‘समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्वन्धी कानून बनाउनुपर्छ । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ।’

औद्योगिक र शैक्षिक संस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बाँकी रहेको जग्गा फिर्ता गर्ने सोच राख्नु सहि नभएको उनको तर्क थियो । ‘औंद्योगिक क्षेत्रले दिर्घकालिन सोंचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिए पनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खाँचो छ’ उनले भने, ‘यदि औद्योगिक प्रयोजनका लागि लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गर्न सक्नुपर्छ।’

उनले लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा उद्योगीले घर बनाएर नबस्ने बताउँदै उत्पादन बढाउनकै लागि ति जमिनको प्रयोग हुने बताए। 

सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषीको जग बसाल्न सम्भव नभएको बताए। 

मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहदा उत्पादन बृद्धिको आधारभूत पक्ष भूमिको उपयोग सम्वन्धी अवधारणालाई देशको वृहत्तर आर्थिक विकाससँग जोडेर अगाडि बढ्न आवस्यक रहेको उनको धारणा थियो। 
  
 
 
 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्