Kathmandu Press

कांग्रेसका भ्रातृ संघको म्याद ६ महिना थप

बैठकले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ । 

काठमाडौं, माघ १३ :  नेपाली कांग्रेसले म्याद समाप्त भएका आफ्ना भ्रातृ संघको म्याद थप गर्ने निर्णय गरेको छ ।   सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले म्याद समाप्त भएका भ्रातृ संघको म्याद थप्ने निर्णय गरेको हो ।
 
बैठकले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्