निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’
व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरल रुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ ।काठमाडौं, माघ १३ : व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरल रुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो ।
पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गरे । नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवर्धन केन्द्रले उक्त पोर्टलको सुरु गरेको हो ।
सम्पूर्ण व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी सङ्घ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
