Kathmandu Press

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिने प्रधानमन्त्रीको घोषणा   

काठमाडौं, माघ १३ : सरकारले सगरमाथालगायतका उच्च शिखर आरोहण गर्नेलाई  विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण...
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिने प्रधानमन्त्रीको घोषणा   

काठमाडौं, माघ १३ : सरकारले सगरमाथालगायतका उच्च शिखर आरोहण गर्नेलाई  विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उँचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका हुन् ।
     
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटु’ शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताए ।
     
‘हामी  आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अबउप्रान्त  ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुन सक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउँछौं,’ उनले भने ।

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्