Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको सिठी जुलुस

दाहाल–नेपाल समूहले सिठी जुलुस निकालेर  संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन  सुरु गरेको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको सिठी जुलुस

काठमाडौं, माघ १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु गरेको छ ।  दाहाल–नेपाल समूहले सिठी जुलुस निकालेर  संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन  सुरु गरेको हो ।

लैनचौरबाट सुरु भएको दाहाल–नेपाल समूहको सिठी जुलुस इन्द्रचोक हुँदै वसन्तपुर पुगेर सकिएको छ ।

माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुनेछ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। यस्तै माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा गर्नेछ । 

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्