कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं, माघ १३ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणको कारण देशभर...
काठमाडौं, माघ १३ : नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणको कारण देशभर थप ६ जनाको मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ अजार १७ पुगेको छ।
यो अवधिमा देशभर थप ३०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ।
त्यस्तै, यो मंगलबार २८५ जना कोरोनामुक्त भएका छन्। योसहित देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ।
मन्त्रालयका नेपालमा कोरोना निको हुनेको दर ९८.१ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











