थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ १३ : नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ५७४ जनामा गरिएको परीक्षणमा मंगलबार देशभर ३०३ जनामा संक्रमण...
काठमाडौं, माघ १३ : नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
४ हजार ५७४ जनामा गरिएको परीक्षणमा मंगलबार देशभर ३०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ।
त्यस्तै, यो अवधिमा २८५ जना कोरोनामुक्त भएका छन्। योसहित देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ।
मन्त्रालयका नेपालमा कोरोना निको हुनेको दर ९८.१ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











