Kathmandu Press

बिपीको 'आत्मवृत्तान्त' जापानी भाषामा 

बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद  गरेर प्रकाशन गर्ने भएको छ ।
बिपीको 'आत्मवृत्तान्त' जापानी भाषामा 

काठमाडौं, माघ १३ : बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद  गरेर प्रकाशन गर्ने भएको छ ।

कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको कृति ‘आत्मवृत्तान्त’लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र बिक्री एवं वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।     

बिपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्राडा. सुदीप अधिकारीको संयोजकत्वमा प्राडा‍. विश्वराज कँडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरेको हो । 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्