Kathmandu Press

सरकार निर्लज्ज रूपमा प्रस्तुत भयो : पौडेल

प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारका कारण सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।
सरकार निर्लज्ज रूपमा प्रस्तुत भयो : पौडेल

काठमाडौं, माघ १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकमाथि सरकारबाट भएको दमनको ओलोचना गरेका छन् । पौडेलले  सोमबार  नागरिक समाजको आन्दोलनमा भएको प्रहरी दमनको  आलोचना गरेका हुन् ।

‘सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप ऊर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्न सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ,’ उनले भने । 

पौडेलले लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू अघिल्लो मोर्चामा हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारका कारण सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।  हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’ 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्