Kathmandu Press

नेपालका युवालाई विश्व सम्मेलनमा अवसर

काठमाडौं, जेठ ७ : तपाइंसँग नयाँ खालको व्यवसायिक सोच वा अवसर छ ? यदि छ भने तपाईंको योजनाले विश्वस्तरीय सम्मानका साथै व्यवसायिक योजनाका लागि अवार्ड पनि ....

नेपालका युवालाई विश्व सम्मेलनमा अवसर

काठमाडौं, जेठ ७ : तपाइंसँग नयाँ खालको व्यवसायिक सोच वा अवसर छ ? यदि छ भने तपाईंको योजनाले विश्वस्तरीय सम्मानका साथै व्यवसायिक योजनाका लागि अवार्ड पनि पाउन सक्छ । विश्वका युवाहरुको सशक्तिकरणका पक्षमा काम गरिरहेको युथ टाईम इन्टरनेशनलले त्यस्तै प्रेरक युवाहरुको खोजी गरिरहेको छ । सन् २०१९ को अन्त्यमा डिसेम्बरमा नेदरल्याण्ड्सको एम्स्टरड्ममा हुने विश्व युवा सम्मेलनमा वातावरण र समाजमा सकारात्मक प्रभाव छाड्दै सञ्चालित व्यवसायका योजनाको छनोट हुनेछ। 

युथ टाइमले त्यस्ता योजना सञ्चालनका लागि सहयोग समेत गर्नेछ । पछिल्लो समय विश्वमा सञ्चालित उद्योगधन्दाले वातावरणीय रुपमा नकारात्मक प्रभाव परेको देख्न पाइन्छ । यस्तो परिवेशमा नाफासँगै समाज र वातावरणका लागि सकारात्मक योगदान दिनका लागि युवाको भूमिकाको खोजी गरिन लागिएको आयोजक संस्थाको भनाई छ। 

संस्थाले हरेक वर्ष आयोजना गर्ने विश्व युवा सम्मेलनमा फरक विषयमा उद्यमशिल युवाहरुको योजनाहरुबीच प्रतिष्पर्धा गराएर उनीहरुलाई त्यस्ता योजना सञ्चालनमा सघाउने गरेको छ । विश्वभरका युवा तथा उद्यमीहरुको सहभागीता रहने सम्मेलनमा एक पटक नेपाली युवाको योजना पुरस्कृत भैसकेको छ । आयोजक संस्थाले आफ्ना रचनात्मक प्रस्तावका साथ सम्मेलनमा आवेदन दिनका लागि युवाहरुमाझ आह्वान गरेको छ । संस्थाले युथ ग्लोबल फोरम डट ओआरजीमा गएर आफ्ना प्रस्तावसहित सम्मेलनमा सहभागीताका लागि युवाहरुमाझ आह्वान गरेको छ। 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्