सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, माघ १३ : आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य चार सय रुपैयाँले बढेको जनाएको छ।आज छापावाला...
काठमाडौं, माघ १३ : आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य चार सय रुपैयाँले बढेको जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९२ हजार आठ सय पुगेको छ। सोमबार प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय पुगेको छ। सोमबार ९१ हजार नौ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ। सोमबार एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
