Kathmandu Press

महिलाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै स्थानीय सरकार

कास्की, माघ १३ : लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ।कास्कीको उत्तर–पश्चिममा अवस्थित...
महिलाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै स्थानीय सरकार

कास्की, माघ १३ : लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

कास्कीको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन महिलाका लागि तयारी कक्षा सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० जना महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए।

छिमेकी जिल्ला तथा स्थानीय तहहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताए।

 

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्