Kathmandu Press

नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा    

नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा    

शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ ।     

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए ।     

प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।

नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका छन् । उनले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आज भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदांगो भएको आरोप लगाए ।

प्रकाशित मिति: २१:१८ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्