Kathmandu Press

निर्वाचन  आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम    

काठमाडौं,  माघ १२ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई...
निर्वाचन  आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम    

काठमाडौं,  माघ १२ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै आज उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नुहुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन् सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे ।  ‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाई नेकपा बनाएको थिएँ,’ उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’

उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने बताए । नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउन माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन् । 

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्