Kathmandu Press

राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै नेउवा महासंघ   

काठमाडौं, माघ १२ :  नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासंघ कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा...
राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै नेउवा महासंघ   

काठमाडौं, माघ १२ :  नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासंघ कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दीप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् ।     
     
समितिका सदस्यमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तीय तथा बिमा समितिका सभापति शाहिल अग्रवाललगायत छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीका समस्या तथा कठिनाइ पहिचान गरी निराकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्