डाइपरमा लुकाएर ल्याएको ३४५ ग्राम सुनसहित एक जना पक्राउ
डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको करिब ३४५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, माघ १२ : डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको करिब ३४५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर ०७२३०८५३ वाहक चितवन भरतपुर उपमहानगरपालिका–१३ का सुवास गुरुङ सोमबार बिहान पक्राउ परेका हुन् ।
कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुनसहित पक्राउ गरेको हो ।
सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका–९ बस्ने ३१ वर्षीय टकबहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १६:५७ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











