Kathmandu Press

दाहाल–नेपाल समूह नै आधिकारिक नेकपा हो : श्रेष्ठ

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी हिजो गरेको निर्णयको खण्डन गर्दै आफ्नो पार्टी नै आधिकारिक भएको दाबी गरेका हुन् ।
दाहाल–नेपाल समूह नै आधिकारिक नेकपा हो : श्रेष्ठ

काठमाडौं, माघ १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी हिजो गरेको निर्णयको खण्डन गर्दै आफ्नो पार्टी नै आधिकारिक भएको दाबी गरेका हुन् ।

‘दलको ऐनले एउटा स्पष्ट व्यवस्था गरेको सन्दर्भमा निर्वाचन आयोगले प्रारम्भमै सही ढंगले निर्णय प्रक्रियामा जानुपथ्र्यो । तर किन त्यसो गरिएन भन्ने हाम्रो प्रश्न छ ? तर संवैधानिक अंगका रूपमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्षसँग कानुनसम्मत ढंगलले निर्णय गर्नुपर्ने भएकाले अन्ततः हाम्रो पार्टी नै आधिकारिक भएकामा कुनै विवाद छैन । निर्वाचन आयोगले निर्णयलाई लम्ब्याउनुपर्दैन । द्विविधामा बस्नुपर्दैन । अनावश्यक ढिला गर्ने र आशंका पैदा गर्ने काम गर्नुहुँदैन,’ श्रेष्ठले भने ।

श्रेष्ठले आयोगको निर्णयको आधिकारिक पत्र नआएको बताए । उनले भने,  ‘निर्वाचन आयोगबाट  आधिकारिक निर्णयको प्रति प्राप्त भएपछि पार्टीले धारणा तय गर्ने जनाए  ।  निर्वाचन आयोगले  नेकपा आधिकारिताका विषयमा ओली र दाहाल–नेपाल समूहको निवेदन खारेज गरेर केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई आधिकारिक मानेको छ ।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्