Kathmandu Press

वागमती प्रदेशको १३ जिल्लामा १७४ अधिकृतस्तरका कर्मचारी माग

काठमाडौं, माघ १२ : वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४  अधिकृतस्तरका कर्मचारी माग गरेको छ।प्रदेशका विभिन्न...
वागमती प्रदेशको १३ जिल्लामा १७४ अधिकृतस्तरका कर्मचारी माग

काठमाडौं, माघ १२ : वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४  अधिकृतस्तरका कर्मचारी माग गरेको छ।

प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरेका आधारमा  ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए। 

आयोगले प्रशासनतर्फका ५९ र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको हो। उनले १४९ खुलाबाट र २५ बढुवातर्फका कर्मचारी (हाल स्थानीय तहमा एक तहमुनि तहमा कार्यरत) माग गरेको बताए।  

माग गरिएका कर्मचारीमा लेखातर्फका ६, शिक्षामा ६, तथ्यांकमा एक , सिभिल इञ्जिनीयरतर्फका १४, बिल्डिङतर्फका इञ्जिनीयर दुई, वातावरण इञ्जिनीयर एक, कृषि प्रसारमा २५, कृषि बागवानीमा एक, कृषि बाली संरक्षणमा दुई, पोल्टी डेरी डेभलपमेन्टमा नौ, मत्स्यमा एक, भेटनरीमा १९, कृषि एग्रीमा एक कर्मचारी रहेका छन्। 

आयोगले स्थानीय तहबाट आवश्यक माग गरिएका कर्मचारी माग गरेको हो। प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन।

माग गरिएका स्थानीय तहका कर्मचारी विकट क्षेत्रका स्थानीय तहमा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाले  आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन्। प्रदेशको यसअघि चौथो र पाँचौँ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौँ अधिकृतस्तरका कर्मचारी माग गरेको हो।

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्