Kathmandu Press

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं, माघ १२ : सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं, माघ १२ : सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ। आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा झरेको छ। आइतबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। दुई दिनयता चाँदीको मूल्यमा घटबड भएको छैन। आज पनि प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्