‘विचौलिया र व्यापारीको गठबन्धनलाई सरकारकोे समर्थन’
काठमाडौं, जेठ ७ : कांग्रेसले तरकारीको मूल्य बढेर दोब्बर भएकोप्रति विरोध जनाएको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद् दिलेन्द्र बडुले....
काठमाडौं, जेठ ७ : कांग्रेसले तरकारीको मूल्य बढेर दोब्बर भएकोप्रति विरोध जनाएको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद् दिलेन्द्र बडुले भने, ‘एक महिनाभित्र हरियो तरकारीको मूल्य दोब्बर बढेको छ । किसानले पाउनेभन्दा पाँच दोब्बर मूल्य तिर्नुपरेको छ । विचौलिया र व्यापारीको गठबन्धनसित सरकार समर्थन गर्दै मूकदर्शक बनेको छ।’
बडुले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आकाश छोएको र यसले नयाँ कीर्तिमान स्थापित गरेको छ पनि उनले बताए । उनले प्रश्न गरे, ‘सरकारले मूल्यवृद्धि रोक्न के उपाय गर्दैछ र कहिले पाइला चाल्दैछ?’
प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, जेठ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











