Kathmandu Press

आयात–निर्यातमा सहजीकरण ल्याउन कृषिमा एकद्वार प्रणाली  

काठमाडौं, माघ ११ : खाद्य  प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने...
आयात–निर्यातमा सहजीकरण ल्याउन कृषिमा एकद्वार प्रणाली  

काठमाडौं, माघ ११ : खाद्य  प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन् । आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको छ ।     

मन्त्रालयमा भन्सार विभाग र कृषि मन्त्रालयअन्तर्गतका तीनै वटा विभागबीच सम्झौता भएको हो । सो अवसरमा कृषि मन्त्री पद्माकुमारी अर्यालले प्रविधिका प्रयोगबाट जनतालाई परिवर्तनको अनुभूति गराउन सरकार कटिबद्ध रहेको बताए ।

एकद्वार प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्ष आयात–निर्यात तथा पारवहनका सम्पूर्ण आवश्यक कागजात तथा सूचना एकैपटक र एउटै प्रवेश विन्दुबाट प्रवेश गर्न सक्छन् ।     

थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, किर्गिजस्थान, अजरबैजान, जापानलगायत एसियाली मुलुकले एकद्वार प्रणालीको अभ्यास गरिरहेका छन् । भारत, पाकिस्तान, बंगलादेश र मालदिभ्स तयारीका अवस्थामा छन् ।     

विश्वमा एकद्वार प्रणाली सार्वजनिक तथा सार्वजनिक निजी साझेदारी अभ्यासमा रहेको देखिन्छ । एकद्वार प्रणालीबाट विभाग तथा कार्यालयको कार्यकुशलता बढ्ने, पारदर्शिता सूचनाको सरल आदानप्रदान, जोखिम व्यवस्थापनमा टेवा, विभिन्न निकायबीच समन्वय, विश्लेषणात्मक क्षमताको अभिवृद्धि र विद्युतीय भुक्तानी हुनेछन् ।     

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्