आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेको छ : यादव
यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि बढ्नुपर्छ । अहिले आयोगले आन्तरिक तयारी गरिराखेको छ ।’.jpg)
काठमाडौं, ११ माघ, पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेका लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको बताएका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि बढ्नुपर्छ । अहिले आयोगले आन्तरिक तयारी गरिराखेको छ ।’
प्रकाशित मिति: १६:५७ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











