उपत्यकामा थपिए कोरोनाका १३३ नयाँ संक्रमित
काठमाडौं, माघ ११ : काठमाडौं उपतयकामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये भत्तपुरका ५ जना, ललितपुरका २५ जना र काठमाडौंका १०३...
काठमाडौं, माघ ११ : काठमाडौं उपतयकामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये भत्तपुरका ५ जना, ललितपुरका २५ जना र काठमाडौंका १०३ जना रहेका छन्।
आइतबार देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।
यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।
साथै, आइतबार कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार एक पुगेको छ।
प्रकाशित मिति: १६:५० बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











