Kathmandu Press

कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ हजार नाघ्याे

काठमाडौं, माघ ११ : नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ७ जनाको...
कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ हजार नाघ्याे

काठमाडौं, माघ ११ : नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ७ जनाको कारोना संक्रमणको कारण मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार एक पुगेको छ। 

त्यस्तै, आइतबार देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ। 

यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

हाल देशभर ३ हजार ३१२ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्