थप २७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ ११ : नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप २७० जनामा कोरोना...
काठमाडौं, माघ ११ : नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।
त्यस्तै यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।
हाल देशभर ३ हजार ३१२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











