विवाह बन्धनमा बाधिए प्रदेश १ का मुख्यमन्त्री राई
काठमाडौं, माघ ११ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका...
काठमाडौं, माघ ११ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका ४९ वर्षीय राईले २३ वर्षीया शेर्पासँग विवाह गरेका हुन्।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषा लगाएका छन्।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरुको उपस्थितीमा विवाह भएको छ।
प्रकाशित मिति: १४:४६ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











