भारतमा करिब १६ लाख मानिसले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, माघ ११ : भारतमा हालसम्म १५ लाख ८२ हजार दुई सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
भारतले जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको हो।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ का १४ हजार आठ सय ४९ नयाँ संक्रमित भेटिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित भारतको कारोना संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजारभन्दा माथि पुगेको छ।
त्यस्तै, कोरोना भाइरसको कारण एक दिनमा एक सय ५५ जनाको मृत्यु भएको छ। योसहित भारतको कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक लाख ५३ हजार तीन सय ३९ पुगेको छ।
प्रकाशित मिति: १३:४३ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











