Kathmandu Press

हत्यारा आशंका गरिएका ज्वाँइ नै झुण्डिएको अवस्थामा भेटिए

पाँचथर, जेठ ७ : दुई परिवारका नौ जनाको हत्याघाण्डमा प्रहरीले आशंका गरेका व्यक्ति नै झुण्डिएको अवस्थामा भेटिएका छन्।

गयराति पाँचथरको मिक्लाजुङ....

हत्यारा आशंका गरिएका ज्वाँइ नै झुण्डिएको अवस्थामा भेटिए

पाँचथर, जेठ ७ : दुई परिवारका नौ जनाको हत्याघाण्डमा प्रहरीले आशंका गरेका व्यक्ति नै झुण्डिएको अवस्थामा भेटिएका छन्।

गयराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ। त्यसमा प्रहरीले हत्यरा भनेर आशंका गरिएका व्यक्ति आज दिउसो झुण्डिएको अवस्थामा भेटिएका हुन्।

अज्ञात समूहको ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बू, ७४ वर्षीय वमबहादुर फियाक, ६८ वर्षीया पुर्सीमाया फियाक, ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको हत्या गरेको हो। हिजो राति उनीहरूमाथि आक्रमण हुँदा भागेकी १२ वर्षीया सीता खजुमले दिएको बयानका आधारमा एक जनाले सबैको हत्या गरेको प्रहरीले आशंका गरेको छ।

प्रहरीले मिक्लाजुङ–८ का मानबहादुर माखिमले हत्या गरेको हुन सक्ने आशंका गरेको थियो। त्यही आधारमा प्रहरी टोली उनको घरमा पुगेको थियो। उनी घरमा नभेटिएपछि प्रहरीले उनको खोजी थालेको थियो।

तर, घटना भएको डेढ घन्टाको पैदल दूरीमा मानबहादुर झुण्डिएको अवस्थामा भेटिएका छन्। मानबहादुर झुण्डिएको अवस्थामा भेटिएको पाँचथर जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले बताए।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे।

स्थानीय बासिन्दाका अनुसार, उनी हत्या गरिएको परिवारका कान्छा ज्वाँइ हुन्। उनी श्रीमतीसँग पनि झगडा गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

अहिले जिल्ला प्रहरी कार्यालय, दशमी र राँके प्रहरी चौथीको टोली गाउँमा पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरीले हत्या गरिएका परिवारको घरलाई सुरक्षित राखेको छ।

त्यस्तै, प्रदेश १ प्रहरी कार्यालयका एसएसपी शरदकुमार खत्रीको टोली पनि पाँचथरतिर गएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोली पनि त्यसतर्फ लागेको छ। सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा प्रहरी टोली काठमाडौंबाट त्यसतर्फ पठाएको छ।

एसएसपीसहित चार स्थानबाट प्रहरी टोली घटनास्थलतर्फ

 

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, जेठ ७, २०७६