Kathmandu Press

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

काठमाडौं, माघ ११ : संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ। विकासोन्मुख देशको...
सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि

काठमाडौं, माघ ११ : संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ। विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो। 

वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो। पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत  संस्थाको व्यवस्थापनमा संलग्न छन्।

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्