विच्याट र अलिपेबाट पैसा तिर्न राेक, फेसबुक र यूट्युबमा विज्ञापन रोक्ने तयारी
काठमाडौं, जेठ ७ : नेपाल राष्ट्र बैंकले ‘विच्याट’ र ‘अलिपे’बाट भइरहेको अवैधानिक भुक्तानीमा पूर्णप्रतिवन्ध लगाएको छ। राष्ट्र बैं....
काठमाडौं, जेठ ७ : नेपाल राष्ट्र बैंकले ‘विच्याट’ र ‘अलिपे’बाट भइरहेको अवैधानिक भुक्तानीमा पूर्णप्रतिवन्ध लगाएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै प्रतिबन्ध लगाएको जनाएको छ।
पर्यटक तथा नेपालीले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेपछि राष्ट्र बैंकले प्रतिवन्ध लगाउने निर्णय गरेको हो। बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदाहुँदै यसरी भुक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै समस्या पर्ने भएपछि बैंकले प्रतिवन्ध लगाउने निर्णय गरेको जनाएको छ।
अब भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइने समेत राष्ट्र बैंकले जनाएको छ।
यसैगरी राष्ट्र बैंकले फेसबुक, टुइटरलगायतका सामाजिक सञ्चाल र युट्युबजस्ता च्यानलमा नेपालीले गरिरहेको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
विदेशमा रहेका नेपालीबाट फेसबुक र युट्युबको पैसा भुक्तानी गर्ने तर नेपालीसँग यहाँ उठाउने गर्दा बाहिरबाट आउने पैसा रोकिएको भन्दै विज्ञापनमा प्रतिवन्ध लगाउने तयारी गरेको हो।
एजेन्सीहरुले संगठित रुपमै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य कर्पोरेटको विज्ञापन फेसबुक र युट्युवमा गरिरहेका छन्। बैंकले हुन्डीजस्तै कारोबार विज्ञपानमार्फत भइरहेको समेत जनाएको छ।






