Kathmandu Press

साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

साताको पहिलो दिन सुनको मूल्यमा गिरावट

काठमाडौं, माघ ११ : साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सयले घटेको छ। छापावाल सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ९२ हजार नौ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ९२ हजार एक सय रुपैयाँ पुगेको छ। शुक्रबार ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ रहेको छ।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्