Kathmandu Press

थपिए २३२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, माघ १० : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८०...
थपिए २३२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, माघ १० : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।     
     
३ हजार ४५२ आइसोलेसनमा छन् भने १४७ क्वारेन्टिनमा छन् । हालसम्म कुल २० लाख ३८ हजार ८४२ पिसिआर परीक्षण गरिएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ । गत २४ घण्टामा आठ जनासहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।     
 

प्रकाशित मिति: २०:२१ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्