सडक खन्दा भिरबाट खसेर मजदुरको मृत्यु
बागलुङ, जेठ ७ : कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको पहराबाट खसेर मृत्यु भएको छ।
बम ब्लास्टका लागि प्वाल पा....

बागलुङ, जेठ ७ : कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको पहराबाट खसेर मृत्यु भएको छ।
बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा हिजो पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा ३० मिटर तल सडकमा खसेका थिए। घटनालगत्तै नेपाली सेनाको टोलीले उनलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो।
अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले बताए। मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ।
नेपाली सेनाको टोलीले बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ। कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो।
अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ।











