मुकुण्डो लगाएर आएका व्यक्तिबाट पाँचथरमा दुई परिवारका नाै जनाको हत्या
पाँचथर, जेठ ७ : पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका वठा नम्जर ३ आरुबोटेमा गएराति दुई परिवारका ९ जनाको धारिलो हतिय....
पाँचथर, जेठ ७ : पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका वठा नम्जर ३ आरुबोटेमा गएराति दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनील पौडेलका अनुसार एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको हो ।
हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।
शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् ।१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएपनि गम्भर घाइते छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।
मध्यरातमा भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
जिल्लाको दक्षिण भेगमा पर्ने आरुबोटे विकट र त्यहाँ जाने बाटो कच्ची भएकाले घटनास्थल पुग्न केही समय लाग्ने बताइएको छ ।
घटना के कारणले कसरी भयो भन्ने विषय भने अझै बाहिर आएको छैन ।






