Kathmandu Press

उद्योग वाणिज्य  महासंघकाे पुँजी बजार समिति विस्तार    

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पुँजीबजार समिति विस्तार गरेको छ...
उद्योग वाणिज्य  महासंघकाे पुँजी बजार समिति विस्तार    
Hardik ivf

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पुँजीबजार समिति विस्तार गरेको छ ।     

महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् । यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल छन् । आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन् ।     

उक्त समितिले पुँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ । पुँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पुँजी बजारसम्बन्धी ऐन कानुनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्ने भएको छ । 

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्