Kathmandu Press

आजदेखि शहीद सप्ताह मनाइँदै

काठमाडौं, माघ १० : प्रजातन्त्र स्थापनाका लागि आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ।शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि...
आजदेखि शहीद सप्ताह मनाइँदै

काठमाडौं, माघ १० : प्रजातन्त्र स्थापनाका लागि आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ।

शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै आएको छ। आजको दिन शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो। आज उनलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा आयोजना गरिँदै छ।

त्यस्तै, माघ १३ गते बिहान ८ बजे सिफलमा धर्मभक्त माथेमा फाँसी दिइएको थियो भने माघ १५ गते बिहान ८ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानिएको थियो।

प्रजातन्त्र स्थापनाका लागि आहुति दिएका चारै जनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ। त्यसैले माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ।

माघ १६ गते शान्तिबाटिकाबाट शहीदको तस्बिर प्रभातफेरि निकालेर लैनचोरस्थित शहीद उद्यानमा पुगेर श्रद्धाञ्जलि अर्पण गरिँदै आएको छ।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, माघ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्