अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरेका हुन् ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई नधम्क्याउन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरेका हुन् ।
उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गरे ।
प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











