प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याउने दाहालको दाबी
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले...
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने दाबी गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउने दाबी गरेका हुन् ।
उनले भने, ‘हामी सर्वोच्च अदालतमाथि भरोसा गर्छौ । तर अदालतले सरकारको कदम सदर गरेर जनताले सडकबाटै निर्णय सच्याउँछन् ।’
त्यस्तै, अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए ।
२०६२/६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राखे ।






