काठमाडौं उपत्यकामा थपिए ११२ कोरोना संक्रमित

काठमाडौं– काठमाडौँ उपत्यकामा आज ११२ काेराेना संक्रमित थप भएका छन् । तीमध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौंमा २ हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ३ हजार ५४५ नमुना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसंख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव दुई प्रतिशत छ ।
प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











