Kathmandu Press

नागरिक स्टकलाई धितोपत्र व्यापारीको कार्य गर्न अनुमति

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमति दिइएको छ ।
नागरिक स्टकलाई धितोपत्र व्यापारीको कार्य गर्न अनुमति

काठमाडौं–  नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल धितोपत्र बोर्डले आज एक सूचना जारी गरेर  नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमति दिएको हो ।

विज्ञप्तिमा उल्लेख छ, ‘नागरिक स्टक डिलर कम्पनी लिलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथ धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरेको हो ।’

सेयर बजारमा नागरिक स्टकको प्रवेशसँगै  पुँजी बजारमा गतिशीलता आई बजारको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्