पछिल्लो चौबिस घण्टामा ४८० जना कोरोनामुक्त, ७ जनाको निधन
काठमाडौं– पछिल्लो चौबिस घण्टामा नेपालमा ४ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार...
काठमाडौं– पछिल्लो चौबिस घण्टामा नेपालमा ४ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३०२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ९८६ पुगेको छ ।
प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











