Kathmandu Press

वन कार्यालयले विद्यालय भवन भत्काउँदा दुई सातादेखि पठनपाठन अवरुद्ध 

जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ ।     
वन कार्यालयले विद्यालय भवन भत्काउँदा दुई सातादेखि पठनपाठन अवरुद्ध 

वाग्मती– जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ ।     

सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गरे । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उनले बर्ताए ।
     
कार्यालयका प्रमुख इमनाथ पौडेलले भने, ‘सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको हो ।’

विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ छ ।   
     
 

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्