Kathmandu Press

मानसिक स्वास्थ्यमा बजेट बढाउनुपर्छ : पूर्व अर्थमन्त्री

काठमाडौं, जेठ ६ : पूर्व अर्थमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले मानसिक स्वास्थ्यको क्षेत्रमा बजेट बढाउनुपर्ने बताएक....

मानसिक स्वास्थ्यमा बजेट बढाउनुपर्छ : पूर्व अर्थमन्त्री
रिवाज राई

काठमाडौं, जेठ ६ : पूर्व अर्थमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले मानसिक स्वास्थ्यको क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन्।

पहिले नेपालमा सर्ने रोगको रोकथाम र उपचारमा स्वास्थ्यको बजेट बढी खर्च हुने गरेको भए पनि अहिले नसर्ने रोगको चुनौती बढिरहेको र मानसिक रोग त्यसैको हिस्सा भएको पाण्डेले बताए।

जगरनट माइन्डसेटले सुरु गरेको सबैका लागि मानसिक स्वास्थ्य अभियानअन्तर्गतको पहिलो सार्वजनिक बहसमा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले सोमबार यस्तो धारणा व्यक्त गरेका हुन्।

सबैका लागि मानसिक स्वास्थ्य अभियानअन्तर्गतको पहिलो सार्वजनिक बहसमा बोल्दै नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित

जगरनट माइन्डसेट मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछानेले हालै स्थापना गरेको संस्था हो। यसले फेसबुक, युट्यूब र इन्स्टाग्राम लगायका सामाजिक सञ्जालमार्फत मानिसक रोग सम्बन्धी संवादमूलक सामग्रीहरू सार्वजनिक गर्दै आएको छ।

सामाजिक सञ्जालका अतिरिक्त महिनामा एक पटक सार्वजनिक बहस पनि सञ्चालन गर्ने उद्देश्य जगरनट माइन्डसेटले लिएको छ। 

लामिछानेले काठमाडौं प्रेससँग भने, ‘घर–घरमा र समाजमा हुने मानसिक स्वास्थ्य सम्बन्धी संवादलाई लाञ्छनामुक्त बनाउनु यो अभियानको उद्देश्य हो।’

कार्यक्रममा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितले नेपालमा जनसंख्याको अनुपातमा विश्वमै सबैभन्दा कम मनोवैज्ञानिक र मनोविज्ञहरू रहेको बताए।

भिडियाे रिपाेर्ट

प्रकाशित मिति: २०:२८ बजे, सोमबार, जेठ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्