Kathmandu Press

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ९ : केही दिनयता उकालो लागेको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य दुई...
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ९ : केही दिनयता उकालो लागेको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला ९२ हजार नौ सयमा कारोबार भइरहेको छ। बिहीबार ९३ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९२ हजार चार सयमा कारोबार भइरहेको छ। बिहीबार ९२ हजार ६ सयमा कारोबार भएको थियो।

यसैगरि चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ६० मा कारोबार भइरहेको छ। बिहीबार एक हजार दुई सय ७५ मा कारोबार भएको थियो।

 

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्