Kathmandu Press

ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

सिराहा, माढ ९ : ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिराहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले लागुऔषधसहित गोलबजार...
ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

सिराहा, माढ ९ : ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिराहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले लागुऔषधसहित गोलबजार नगरपालिका–२ का २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ का २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो।

लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गरेको सूचनाका आधारमा स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले बताए।

उनीहरुबाट डिलक्स डिसी ३४  बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्