Kathmandu Press

चितवन निकुञ्जमा फेरि मृत भेटिए दुई गैँडा

भरतपुर, माघ ९ : चितवन राष्ट्रिय निकुञ्जमा फेरि दुई गैँडा मरेको अवस्थामा भेटिएका छन्।निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा...
चितवन निकुञ्जमा फेरि मृत भेटिए दुई गैँडा

भरतपुर, माघ ९ : चितवन राष्ट्रिय निकुञ्जमा फेरि दुई गैँडा मरेको अवस्थामा भेटिएका छन्।

निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेको अवस्थामा भेटिएको जनाएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष ६ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो।

मरेको वअस्थमा भेटिएको बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उनले बताए। चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ।

गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै, बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ। ३० वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले बताए।

मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन्।

तीमध्ये चार चोरी शिकारीले मारेको निकुञ्जले जनाएको छ। शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ। गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए।

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्